विद्यार्थीहरूलाई नागरिक भावना जगाई देशभक्त बनाउनुपर्ने

  • पुस १७, २०८२

भक्तपुर, १५ पुस । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुुक्छेँले प्रत्येक शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई नागरिक भावना जगाई देशभक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुुभएको छ ।
वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको मङ्गलबार महामञ्जुुश्रीस्थित कलमसीमा भएको वार्षिक भेटघाट कार्यक्रममा उहाँले सो आवश्यकता औँल्याउनुुभएको हो ।
उदारवादको नाममा पुँजीवादीहरूले आर्थिक र सांस्कृतिक रूपमा नवउपनिवेश लादेर जनतालाई दिग्भ्रमित पार्दै व्यक्तिवादी बनाउन थालेकाले नागरिक भावना जगाई देशभक्त बनाउनुपर्ने तर्क उहाँको रहेको छ ।
शिक्षा क्षेत्रलाई खतम पारेपछि मात्र साम्राज्यवादीहरूले आफ्नो स्वार्थ पूरा गर्न सक्ने भएकाले पाठ्यक्रम र पाठ्यपुस्तकका अलावा विद्यार्थीहरूलाई नागरिक शिक्षा दिनुुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
पुँजीवादी शक्तिहरू विभिन्न शैलीमा अगाडि बढिरहेको बताउँदै उहाँले आर्थिक रूपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र नहुुने स्पष्ट पार्नुभयो ।
साम्राज्यवादीहरूको नीतिअनुसार नेपालले अनिवार्य र निःशुल्क शिक्षा नीति नलिएकै कारण अहिले शिक्षा महँगो हुुन गएको उहाँले बताउनुुभयो । यही कारण विद्यार्थीहरू कामदारका रूपमा बाहिर मुलुकमा जान बाध्य भएको र साम्राज्यवादीहरूले सस्तो कामदार पाइरहेको टिप्पणी उहाँको रहेको छ ।
अमेरिकी डलरको विकल्पमा चीन, रुस, भारतसहितका देश लागिपरेकाले अहिले अमेरिकालाई अप्ठ्यारो हुन थालेको र अमेरिकाले चीनलाई साम्राज्यवादी मुलुक हो भनेर अफ्रिका, दक्षिण अमेरिकालगायतका मुलुकलाई दिग्भ्रमित पार्न खोज्दा पनि सफल हुन नसकेको जानकारी उहाँले दिनुुभयो ।
वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन हरतरिकाले प्रयास भइरहेको र गुणस्तरलाई ध्यान दिइरहेको बताउनुुभयो ।
भक्तपुरमा शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलनका साथै अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्न थालेको स्पष्ट पार्दै भक्तपुरकै विषय अध्ययन अध्यापनको विषय बनाएर लानुपर्ने धारणा राख्नुुभयो ।
सबैको साथ र सहयोगकै कारण वागीश्वरी कलेजले जिल्लामा पहिलोपटक सामुदायिक कलेजतर्फ क्यूूएए प्राप्त गर्न सफल भएको चर्चा गर्दै उहाँले आवश्यकताअनुसार भौतिक पूर्वाधार थपिने क्रम जारी रहेको र अहिले पनि अपुुग भइरहेको जानकारी दिनुुभयो ।
त्रिविको लापरबाहीका कारण विद्यार्थीहरूमा निराश भएर मुलुक छोड्ने गरेका कारण ख्वप विश्वविद्यालयको माग गरेकोमा मन्त्रीपरिषद्मा पुुगेपछि कानुुनको अभाव देखाउँदै सरकारले बाधा हालेको उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले रोके पनि विश्वविद्यालयस्तरको शिक्षा दिन लागिपरेको बताउँदै उहाँले ख्वप विश्वविद्यालयमा आबद्ध हुनसक्ने शैक्षिक संस्थाहरूसँग विद्यार्थी र जनशक्तिका हिसाबले २४ वटा विश्वविद्यालयस्तरका निकायहरूमा चौथो स्थानमा रहेको जानकारी दिनुुभयो ।
वाग्मती प्रदेशका सांसद सुुरेन्द्रराज गोसाईँले ३५ वर्षमा सरकारमा गएका दलहरूले नवउदारवादको नाममा राम्रो बनाउने भन्दै ध्वस्त पारेका कारण नयाँ पुस्ता विद्रोहमा आएको धारणा राख्नुुभयो । नयाँ पुुस्ताको आन्दोलनलाई अमेरिकी साम्राज्यवादको साथ र प्रशिक्षण रहेको घटनाक्रमले पुष्टि गर्दै लगेको उहाँले स्पष्ट पार्नुुभयो ।
अमेरिकी सरकारलाई रिझाउन र खुसी पार्नको लागि एमसीसी र इन्डोप्यासिफिक रणनीतिलाई सरकारमा गएका दलहरूले निम्त्याएकै कारण अहिले समीकरण बनिरहेको र सरकार फेरबदलमा चलखेल गर्न अमेरिकालाई सहज भएको उहाँको टिप्पणी रहेको छ ।
सरकारमा जाने ठुला दलहरूले ठेकेदार र म्यानपावर कम्पनीका सञ्चालकहरूलाई सांसद र नेता बनाएकै कारण राजनीतिमा फोहोर पसेको र उनीहरूलाई एमाले काङ्ग्रेस र माओवादीले गंगाजल छर्केर चोख्याउन खोज्दा देश नै खतरामा पुुगेको उहाँले बताउनुुभयो ।
अहिले समाजमा व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै आएको र राजनीति भनेको फोहोरी खेल भन्नेहरू नै मन्त्री प्रधानमन्त्री बन्छु भनेर आउन थालेकोमा उहाँले आश्चर्य व्यक्त गर्नुुभयो ।
वाग्मती प्रदेशकै सांसद सृजना सैँजूले वागीश्वरीको भूमिका र योगदान अतुुलनीय भएको बताउँदै शिक्षा क्षेत्रको ज्वलन्त उदाहरणको रूपमा वागीश्वरी अघि बढिरहेको धारणा राख्नुुभयो ।
अहिले विश्वविद्यालयले विश्वविद्यालयको जस्तो काम नगरेको र विदेशी सम्बन्धन प्राप्त कलेजहरूको लुुटतन्त्र छरपस्ट हुन थालेको दृष्टान्त सांसद सैंजूूले पेस गर्नुुभयो ।
पश्चिमा सामाजिक सञ्जालले दिग्भ्रमित बनाउने भएकाले विद्यालय कलेजले वास्तविक ज्ञान प्रदान गर्न पाठ्यपुुस्तकबाहेकका शिक्षाहरू पनि दिनुपर्ने धारणा उहाँले राख्नुुभयो ।
अमेरिकी साम्राज्यवादले ५० भन्दा बढी मुलुकमा सत्ता उथलपुुथलको प्रयास गरेकोमा ९० प्रतिशत सफल भएको र बङ्गलादेश श्रीलङ्कापछि नेपालमा पनि अमेरिकी रणनीतिले भूमिका खेलेको उहाँले बताउनुुभयो । अमेरिकालाई इराक र अफगानिस्तानको सत्ता उथलपुुथल महँगो भएका कारण अहिले नयाँ शैलीमा प्रस्तुुत भएको र चीन घेर्ने नीतिअनुसार नेपालमा आन्दोलन गराएको आरोप उहाँले लगाउनुुभयो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरीमा सीटीईभीटीका कक्षा, प्राविधिक कक्षा, खुला विद्यालय र अन्य तालिमहरू पनि सञ्चालन भइरहेको जानकारी दिनुुभयो । वागीश्वरीले शैक्षिक गन्तव्य बनाउन प्रयास गरिरहेको बताउँदै उहाँले अन्य सफल विद्यालयहरूको सफलतालाई अङ्गीकार गर्दै विद्यालयलाई थप उचाइमा पुु¥याउने बताउनुुभयो ।
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीले पूर्वाधार थप गर्ने क्रममा भवन खरिद र जग्गा खरिदका कार्य भइरहेको जानकारी दिँदै नमुना शिशुस्याहार केन्द्र बनाउने गरी कार्य भइरहेको बताउनुुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा मानविकी सङ्काय प्रमुख राजन फेलुुले पनि बोल्नुभएको थियो ।

Your email address will not be published. Required fields are marked *

सम्बन्धित