विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ
- पुस १७, २०८२
- भादगाउँ खबर
भक्तपुर, १६ पुस । भक्तपुर जिल्ला इँटा उद्योग सङ्घको तीसौँ वार्षिक साधारणसभा नेपाल मजदुर...


भक्तपुर, १३ पुस । ख्वप तिलगंगा आँखा अस्पतालको आयोजनामा भक्तपुर नगरपालिकाका वडा नर्स तथा विद्यालय नर्स एवम् चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका विद्यालय नर्सहरूलाई आधारभूत आँखा स्वास्थ्य उपचारसम्बन्धी एकदिने तालिम आइतबार सम्पन्न भयो ।
विद्यालय उमेरका स–साना बालबालिकाहरूको आँखा परीक्षण गर्ने सीप सिकाउने उद्देश्यले सञ्चालित उक्त तालिममा २९ जना नर्सहरूको सहभागिता थियो ।
सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष तथा ख्वप तिलगंगा आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य रवीन्द्र ज्याख्वले बालबालिकाहरूको स्वास्थ्य संवेदनशीलताबारे सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्वस्थ बालबालिका समुन्नत भविष्यको आधार भएको चर्चा गर्दै बालबालिका आफैले रोगबारे बताउन नसक्ने र अभिभावकहरूमा स्वास्थ्य सचेतना कम हुने भएकोले विद्यालय तथा वडा नर्सहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिका र तिलगंगा आँखा केन्द्रको संयुक्त सहकार्यमा ख्वप तिलगंगा आँखा अस्पताल सञ्चालन भएको उल्लेख गर्दै अस्पतालमार्फत आर्थिक अवस्था कमजोर भएका जनतालाई समेत सहज उपचार सेवा प्रदान गरिरहेको बताउनुभयो ।
यसअघि तालिमको सुरूआतमा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले अस्पतालको एउटै भवनबाट सबै प्रकारका रोगको सहज उपचार गराउने उद्देश्यले ख्वप अस्पताल र ख्वप तिलगंगा आँखा अस्पतालबिच सहकार्य भएको बताउनुभयो ।
ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सुदिप राजभण्डारी, व्यवस्थापक धिरज अधिकारी र चिकित्सक कृजन सुवालले आँखाको हेरचाह तथा आँखासम्बन्धी लाग्ने विभिन्न रोगहरूको बारेमा अभिमुखीकरण गर्नुभयो ।
भक्तपुर, १६ पुस । भक्तपुर जिल्ला इँटा उद्योग सङ्घको तीसौँ वार्षिक साधारणसभा नेपाल मजदुर...
नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ ।...
नेपाली राजनीतिको रङ्गमञ्चमा राजनीतिक दलहरू यस्ता सक्रिय पात्र हुन्, जसको जाल गाउँका चौतारीदेखि सिंहदरबारका...
