विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ
- पुस १७, २०८२
- भादगाउँ खबर
भक्तपुर, १६ पुस । भक्तपुर जिल्ला इँटा उद्योग सङ्घको तीसौँ वार्षिक साधारणसभा नेपाल मजदुर...


नेपाली राजनीतिको रङ्गमञ्चमा राजनीतिक दलहरू यस्ता सक्रिय पात्र हुन्, जसको जाल गाउँका चौतारीदेखि सिंहदरबारका कोठाकोठासम्म माकुराको जालो झैँ जेलिएको छ । बाहिरबाट हेर्दा दलहरूभित्र हुने नियमित बैठक, अधिवेशन र चर्का भाषणले लोकतन्त्रलाई जीवन्त बनाउन खोजेको जस्तो भान हुन्छ । तर, यो सक्रियताको बोक्रा उधिनेर हेर्ने हो भने भित्र एउटा भयावह नैतिक रिक्तता र वैचारिक मरुभूमि भेटिन्छ । दलहरू अरूलाई भ्रममा पार्न, षड्यन्त्रका तानाबाना बुन्न र प्रतिस्पर्धीलाई पछार्न जति असीमित ऊर्जा खर्चन्छन्, आफ्नै ऐना हेरेर ऐतिहासिक गल्ती स्वीकार गर्न त्यति नै काँतर देखिन्छन् । यही आत्मसमीक्षाको खडेरी र “हामी नै सर्वेसर्वा हौँ” भन्ने दम्भ नै आजको नेपाली राजनीतिको सबैभन्दा ठुलो विडम्बना बनेको छ ।
आजकल पार्टीभित्र हुने बहसहरू समाज रूपान्तरण वा राष्ट्रिय समृद्धिका मुद्दामा होइन, केवल सत्ताको अङ्कगणित र पदको भागबन्डामा केन्द्रित छन् । हिजो महान् विचार र क्रान्तिकारी सिद्धान्तको दुहाइ दिने दलहरू आज सत्ताकै लागि फुट्छन् र फेरि सत्ताकै लागि विचारै नमिल्ने शक्तिहरूसँग ‘अपवित्र संसर्ग’ गर्छन् । नेपाली भूमिमा देखिएको यो हदैसम्मको छेपारे हर्कतले राजनीतिको मर्यादालाई हिलाम्मे बनाएको छ । “हाम्रो दैनिकी, व्यवहार र जीवनशैलीले जनतामा कस्तो वितृष्णा जगाइरहेको छ ?” भन्ने आत्ममन्थन गर्न कुनै पनि दल तयार छैनन् । नेतृत्वमा एउटा यस्तो घातक ‘सत्ता–रोग’ लागेको छ, जहाँ आफूले सयौँ गल्ती गर्दा पनि ‘मै ठीक’ भन्ने महादम्भमा कुनै कमी आएको छैन । उनीहरूका लागि सार्वजनिक आलोचना वा नागरिकको पीडाको कुनै अर्थ रहँदैन । कसैले सुधारको स्वर उठाएमा त्यसलाई ‘पार्टी सिध्याउने खेल’ भन्दै घाँटी निमोठ्ने गरिन्छ । यही आत्ममुग्धताले गर्दा दलहरू क्रमिक रूपमा जनभावना र धरातलीय यथार्थबाट पूर्णतः विमुख हुँदै गएका छन् ।
नेपाली राजनीतिमा देखिएको अर्को चरम निराशाजनक पक्ष भ्रष्टाचारप्रतिको बढ्दो लाचारी र संवेदनहीनता हो । दलहरूले भ्रष्टाचारलाई एउटा सामान्य र अनिवार्य जीवनपद्धतिका रूपमा स्वीकारिसकेका छन् । ठुला आर्थिक अनियमिततामा आफ्ना नेताको नाम जोडिँदा पनि दलहरूले नैतिकताका आधारमा कारबाही गर्नुको साटो शक्ति र सङ्गठनको आडमा उनीहरूलाई संरक्षण दिने कसरत गर्छन् । “हामीलाई कसैले केही गर्न सक्दैन, कानुन हाम्रै खल्तीमा छ” भन्ने दम्भले नेताहरूमा लोकलाजको भय हराएको छ । भ्रष्टाचारलाई सामाजिक अपराधभन्दा पनि राजनीति सञ्चालन गर्ने र चुनाव जित्ने ‘इन्धन’ का रूपमा हेरिनुले दलहरूको नैतिक धरातल ध्वस्त पारेको छ । यस्तो अवस्थामा ‘असल दल’ बन्ने सम्भावनालाई भ्रष्टाचारको डढेलोले खरानी बनाइदिएको छ ।
राजनीतिक दलका यी निन्दनीय क्रियाकलापका बाबजुद फेरि तिनैलाई लोकतन्त्रका संवाहक मान्नुपर्ने बाध्यता छ । निर्वाचनमा प्राप्त हुने मत वा सडकमा देखिने कार्यकर्ताको भीडलाई दलहरूले आफ्नो ‘अजेय शक्तिको प्रमाण’ मान्ने भ्रम पालेका छन् । तर, वास्तविकता अर्कै छ । जनताले कुनै दललाई मतदान गर्नुको पछाडि सधैँ विश्वास मात्र हुँदैन, धेरैजसो अवस्थामा यो त ‘असल विकल्पको अभाव’ ले उब्जाएको विवशता हो । चुनावी मैदानमा सबै उस्तै खराब देखिएपछि बिचरा जनता ‘कम खराब’ लाई रोज्न बाध्य हुन्छन् । विडम्बना, आजको ‘कम खराब’ पात्र भोलि सत्तामा पुग्नासाथ झन् भयानक खराब हुन समय लाग्दैन । स्वार्थ, पैसा र बाध्यतावश प्राप्त हुने जनमतलाई दलहरूले आफ्नो भ्रष्टाचार र दम्भमाथिको वैधानिकता ठान्छन्, जसले गर्दा उनीहरूलाई कहिल्यै सुध्रिनुपर्ने आवश्यकता नै महसुस हुँदैन ।
अन्त्यमा, जबसम्म राजनीतिक दलहरूले आफ्नो आन्तरिक लोकतन्त्रलाई केवल सत्ता र पदको भागबन्डामा सीमित राख्छन्, तबसम्म उनीहरू जनप्रिय बन्न सक्दैनन् । अरूलाई झुक्याउने रणनीति र भ्रष्टाचारको ओत लागेर टिकेको सत्ताले क्षणिक लाभ त देला, तर त्यसले समाजमा नैतिक मूल्य र राष्ट्रिय स्वाभिमानको विनाश गर्छ । दलहरूले अब अरूको आँखाबाट आफूलाई हेर्न र आफ्ना कमजोरीहरू इमानदारीपूर्वक स्वीकार गर्न सिक्नैपर्छ । गल्ती स्वीकार गर्ने साहस र त्यसलाई व्यवहारमै सुधार्ने तत्परता नदेखाएसम्म दलहरू केवल सत्ता प्राप्त गर्ने मेसिन मात्र रहिरहनेछन् । जनताले विकल्प नभएर रोज्नु र इमानदार ठानेर रोज्नुमा आकाश–जमिनको फरक हुन्छ । दम्भ, फूट र भ्रष्टाचारको फोहोरी संस्कृति नत्यागेसम्म यी ’नसच्चिने’ दलहरूले मुलुकलाई निकास दिन सक्दैनन् । आफूलाई जनमतको आडमा कानु
भक्तपुर, १६ पुस । भक्तपुर जिल्ला इँटा उद्योग सङ्घको तीसौँ वार्षिक साधारणसभा नेपाल मजदुर...
नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा बारम्बार हस्तक्षेप हुँदै आएको छ ।...
भक्तपुर, १३ पुस । ख्वप तिलगंगा आँखा अस्पतालको आयोजनामा भक्तपुर नगरपालिकाका वडा नर्स तथा...
